डा. प्रेम ज्ञवाली नेतृत्वको टिमले गर्नेछ प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण

डिसी नेपाल
२० फागुन २०७६ ३:२१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। २०६४ को साउनमा भारतमा पहिलो पटक मिर्गौलाको प्रत्यारोपण गराएका ओलीले आगामी बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन लागेका हुन्।

मिर्गौला प्रत्यारोपण शिक्षण अस्पताल युरोलोजी विभागका शल्य चिकित्सक डा. प्रेम ज्ञवाली नेतृत्वको टिमले गर्ने भएको छ। यो पटक नेपाली चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्न लागे पनि यसअघि पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सकको टिम पनि ब्याकअपमा राखिएको प्रधानमन्त्री ओली निकट स्रोतले बतायो।

ब्याकअपका लागि ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक अनन्तकुमारसहित दुई विशेषज्ञ चिकित्सक नेपाल आएका छन्।

डा.प्रेम ज्ञवालीको नेतृत्वमा डा. उत्तम शर्मा, डा. पवनराज चालिसे, डा. दिव्या सिंह शाह र डा सुवाश आचार्यलगायतको टिमले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्नेछन्। यस्तै डा. अरुण सायामी पनि साथमा रहने छन्। ब्याकअप तथा सहयोगका लागि ओलीकी निजी चिकित्सक डा दिव्यासिंह शाह, डा. रमेशसिंह भण्डारी लगायतको टोली पनि तयारी अवस्थामा छ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना

ओलीलाई मिर्गौला दान गर्ने झापाकी समीक्षा संग्रौला सोमबार नै अस्पताल भर्ना भइसकेकी छन्। संग्रौला ओलीकी भान्जी नाता पर्ने जनाइएको छ।

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीको भिडियो सन्देशः त्यसै अलप हुँदिन




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.