सुनसान बन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

डिसी नेपाल
२० फागुन २०७६ १७:५२
72
Shares

काठमाडौं। नेपालको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निकै व्यस्त मानिन्थ्यो। तर, डिसी नेपालको टोली मंगलबार त्यहाँ पुग्दा सुनसान देखियो।

विमानस्थल सुनसान हुनुको कारण कोरोना भाइरसले पारेको विश्वव्यापी प्रभाव हो। मंगलबार त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिलनको आगम कक्ष सुनसान थियो। सँधै जसो आगमन कक्ष बाहिर विदेशबाट आउने साथिभाई तथा आफन्तलाई कुरेर बस्नेहरुको घुँइचो देखिन्थ्यो। तर, आज त्यहाँ फाट्टफुट्ट मात्रै मान्छे देखिन्थे।

प्रस्थान कक्षमा भने केही मान्छे देखिन्थे। तर, त्यो संख्या पहिलेको तुलनामा निकै कम थियो । यात्रुलाई पर्खेर बसेका ट्याक्सीहरु पनि निकै कम थिए । यात्रु कुरेर बसेका गोरखा घर बताउने ट्याक्सी चालक गणेश खड्काका अनुसार अहिले एयरपोर्टबाट मुस्किलले मात्रै दुई खेप गर्न पाइन्छ । उनी भन्छन्, ‘अहिले एयरपोर्टबाट यात्रु ओसार्न धेरै ट्याक्सी चालक डराउँछन्।’ विदेशबाट आउने यात्रुहरुमा कोरोना भाइरस हुने भन्दै धेरै ट्याक्सी चालकहरु एयरपोर्ट जान छोडेको उनको भनाईको आसय थियो।

कोरोना भाइसरले विश्वका धेरै मुलुकहरुमा संक्रमण गरेपछि नेपाल सरकारले नेपालबाट विदेश नजान आग्रह गरेको छ ।
विदेशबाट आउनेलाई पनि सजिलै अराइवल भिषा प्राप्त नहुने भए पछि आउनेको संख्यामा कमि आएको हो । उसो त विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोनाको उच्च जोखिममा राखे पछि सरकारले विमानस्थलमा कडाइ गरेको हो ।

स्वास्थ्य तथा जनस्ख्या मन्त्रालयका अनुसार थप स्वास्थ्यर्मिको टोलिले विमानस्थलमा कोरोना संक्रमणबारे चेकजाँच सुरु गरेको छ ।
तर, नेपालमा भने अहिलेसम्म कोरोना भाइरसको संक्रमण भेटिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.