प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणबारे के-के तयारी भयो?

डिसी नेपाल
२० फागुन २०७६ १९:४९

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधि दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालले बताएको छ।

अस्पतालले मंगलबार प्रेस विज्ञप्ति जारी गरी मिर्गौला प्रत्यारोपण तयारीका लागि अस्पताल भर्ना गरिएको दोश्रो दिन सम्पूर्ण परीक्षण गरी औषधि दिन सुरु गरिएको जनाएको हो। त्यस्तै विभिन्न विषयका विशेषज्ञहरुबाट स्वास्थ्य परीक्षण गरिरहेको समेत अस्पतालले बताएको छ।

त्यस्तै प्रत्यारोपण अगाडि गरिने नियमित डायाइलसिस तथा ल्याव परीक्षणहरु गर्ने क्रम जारी रहेको समेत विज्ञप्तिमा उल्लेख छ। त्यस्तै स्वास्थ्य स्थिति राम्रो अवस्थामा रहको र विशेषज्ञहरुको निरन्तर निगरानीमा रहेको अस्पतालले बताएको छ।

यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन सरकारका केही मन्त्रीहरु मंगलबार दिउसो त्रिवि शिक्षण अस्पताल पुगेका थिए। निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयान मन्त्री योगेश भट्टराई अस्पताल पुगेका थिए। त्यस्तै भारतीय राजदूत विनयमोहन क्वात्रा पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे जानकारी लिन मंगलबार दिउसो अस्तपताल पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.