चार बालबालिका फेला

डिसी नेपाल
२२ फागुन २०७६ १९:४८

प्युठान। प्युठानमा दुई दिनको अवधिमा चार बालबालिका हराएको अवस्थामा फेला परेका छन् । विभिन्न कारणले बालबालिका घरबाट बाहिर आउने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुधबार दिउँसो २ बजे प्युठान नगरपालिका–४ बिजुवार बजारमा अन्दाजी १३ वर्षीय बोल्न नसक्ने बालक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पोषण ढकालले बताए। बालकको पहिचान हुन नसकेका कारण उनलाई इलाका प्रहरी कार्यालय बिजुवारमा राखिएको उनको भनाइ छ ।

यसैगरी मङ्गलबार राति करिब ९ बजेतिर प्युठान–४ जुम्रीमा तीन बालबालिका हराएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक ढकालले बताए। नौबहिनी गाउँपालिका–२ लिघा निवासी सुके सुनारकी सातवर्षीया छोरी माया र सोह ठाउँ निवासी सौर्य विकका नौ वर्षीय छोरा सागर र सात वर्षीया छोरी विपनालाई मङ्गलबार घरबाट हराएको अवस्थामा फेला पारी बुधबार परिवारको जिम्मा लगाइएको प्रहरी निरीक्षक ढकालले जानकारी गराए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *