प्रतिवन्धित लागु पदार्थसहित एक जना पक्राउ
फाइल फाेटाे
कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो बिभिन्न लागुऔषधिसहित एकजनालाई पका्रउ गरेको छ।
नाइट्राजेपाम २ सय ९३ ट्याब्लेट, बुप्रिनुर्फिन १ सय ३५ एम्पुल, डाईजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३५ एम्पुल, मोबाइल २ थान र नगद ३८ हजार ६ सय ८५ रुपैयाँ सहित पर्वत फलेबास नगरपालिका ८ घर भएका २७ वर्षीय प्रबिन गुरुङलाई नियन्त्रणमा लिएको हो।
पो
खरा महानगरपलिका ८ न्युरोड लालिगुँरास टोलबाट गुरुङले चलाएको ना.१६प १४३१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा पक्राउ परेका थिए।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरीरहेको जनाएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment