चट्याङ लागेर मकालुमा एक जनाको मृत्यु

डिसी नेपाल
२४ फागुन २०७६ २२:३९

खाँदबारी। सङ्खुवासभाको मकालु गाउँपालिका–५ मुढेमा चट्याङ लागेर एकको मृत्यु भएको छ । शनिबार दिउँसो चट्याङ लागेर ५७ वर्षीय निमा शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हावाहुरीसँगै आएको चट्याङले लागेर शेर्पाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।
शेर्पाको शव जिल्ला अस्पताल खाँदबारीमा परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.