तीस हजार भेडा बाख्रालाई पीपीआर खोप लगाइदैँ

डिसी नेपाल
२७ फागुन २०७६ १२:१४

सुर्खेत। सल्यानको पश्चिम क्षेत्रमा अवस्थित बनगाड कुपिण्डे नगरपालिकाले तीन हजार बढी भेडा बाख्रालाई पीपीआर खोप लगाउने भएको छ। नगरका १२ वटै वडाका विभिन्न टोलहरुमा घुम्ती शिविर आयोजना गरी भेडा, बाख्रा, खसी र बोकाहरुलाई पीपीआर खोपसँगै औषधि उपचार गर्ने भएको हो।

बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोग र पशु शाखा कार्यालय देवस्थलको आयोजनामा किसानका घर घरमै पुगेर बाख्राको औषधिउपचार गर्ने योजना रहेको नगर प्रमुख गोविन्दकुमार पुनले जानकारी दिए।

उनका अनुसार किसानले पालेका पशुचौपायमा कुनै रोग तथा स्वास्थ्य समस्या उत्पन्न नहोस भनेर नगरको आर्थिक सहयोगमा नगरको १ नम्बर वडा वाग्चौर टोलबाट भेडा बाख्रालाई पीपीआर खोप दिन थालिएको छ।

पहिलो दिन वाग्चौर, वेलखोला र खरेखोला गरी १ हजार बढी भेडा बाख्राहरुको औषधि उपचार तथा पीपीआर खोप दिइएको पशु शाखाले जनाएको छ। किसानको आय आर्जनको मुख्य स्रोत पशुपालन भएकोले पहिलो प्राथामिकता वर्षेनी भेडा बााख्राको घर घरमै पुगेर चेकजाँच र औषधि उपचार गर्ने गरिएको नगरपालिकाले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *