कटुवा पेस्तोलसहित एकजना पक्राउ

डिसी नेपाल
२७ फागुन २०७६ १२:४५

काठमाडौं । झापामा कटुवा पेस्तोलसहित एक जना पक्राउ परेका छन् ।

मोरङ मिक्लाजुङ गाउँपालिका–९ मधुमल्ला बस्ने ४४ वर्षीय मेघराज गौतमलाई कटुवा पेस्तोल १ नाल, गोली १ राउण्ड र २ वटा खोका सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो। यस्तै रौतहट, गढिमाई नगरपालिका–६ धरमपुरबाट कटुवा पेस्तोल १ थान र गोली ३ सहित दुई जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सर्लाही धनकौल गाउँपालिका– ६ छर्तौल बस्ने २६ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २१ वर्षीय सुरज राम रहेका छन्।

ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीले बिआर ३० यु ८३८२ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार राजेशलाई कटुवा पेस्तोल १ थान र गोली राउण्ड २ राउण्ड तथा सुरजलाई कटुवा पेस्तोलमा लाग्ने गोली १ राउण्ड र मोबाइल २ थान सहित पक्राउ गरेको हो।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *