श्रीमतीको च्याट प्रकरणमा पर्यटनमन्त्रीको स्पष्टीकरण
फाइल
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईकी श्रीमती नर्सिङ काउन्सिल रजिष्ट्रार विन्दा घिमिरेको नाम लिएर काउन्सिलको एक सदस्य र एक विद्यार्थीबीचको फेसबुक म्यासेन्जरमा भएको कुराकानीका विषयमा मन्त्री भट्टराईले आफ्नो प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफूहरुले कुनै गल्ति नगरेको दावी गरेका छन्।
भट्टराईले लेखेका छन्, ‘कुनै गल्ती गरिएको छैन र गरिने पनि छैन। सम्बन्धित निकायले आफ्नो धारणा सार्वजनिक गर्नेछ। षड्यन्त्र र खुराफातप्रति हामी सचेत छौं। कोही पनि भ्रममा नपर्नु होला, चिन्ता नलिनुहोला।’
काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ। काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment