युवानेता परियारलाई ‘योङ ग्लोबल लिडर्स २०२० अवार्ड’
काठमाडौँ । विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले युवा सशक्तिकरण तथा सामाजिक न्यायको प्रवद्र्धनमा पुर्याएको योगदानको कदर गर्दै नेपाली युवा प्रदीप परियारलाई ‘योङ ग्लोबल लिडर्स (वाइजिएल) २०२० अवार्ड’ बाट सम्मानित गरेको छ।
मञ्चका संस्थापक क्लाउस स्वाबले सन् २००४ मा वाइजिएल फोरम स्थापना गर्दै यो अवार्ड शुरु गरको हुन् ।
विश्वमा बढ्दो जटिलता एवं चुनौती सामना गर्न सक्षम युवा नेतृत्व विकास गर्ने उद्देश्यले यो अवार्डको स्थापना गरिएको हो।
परियार यो वर्ष वाइजिएल अवार्डबाट सम्मानित हुने एक्ला नेपाली युवा हुन् ।
मञ्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “युवा सशक्तिकरण, शान्ति निर्माण र दलित एवं सीमान्तकृत समुदायको सामाजिक समावेशीकरणमा परियारले पु¥याएको योगदान र सम्भावनाको आधारमा उनलाई वाइजिएल अवार्ड प्रदान गरिएको हो।”
यसअघि सन् २०१५ मा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले सो अवार्ड प्राप्त गरेका थिए ।
हाल समता फाउन्डेशनका कार्यकारी अध्यक्षका रूपमा कार्यरत परियारले युवा, शान्ति निर्माण र सामाजिक न्यायसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय नीति निर्माण गर्न १८ वर्षभन्दा लामो समय काम गर्दै आएका छन् ।
समता फाउन्डेशन जातीय विभेद तथा सीमान्तकृत समुदायको क्षेत्रमा विशेषज्ञता हासिल गरेको अग्रणी संस्था हो ।
परियारले यसअघि सन् २०१८ मा एशिया २१ योङ लिडर्स र सन् २०१५ मा युवा नेतृत्व अवार्ड पनि पाएका थिए ।







डिसी नेपाल








Facebook Comment