१९१ ‘कार्टुन’ मदिरा बरामद

डिसी नेपाल
१ चैत २०७६ २१:१३

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले हरिनगर गाउँपालिका–७ वसन्तपुर सीमा क्षेत्रबाट १९१ ‘कार्टुन’ मदिरा बरामद गरेको छ । भारतको विहार राज्यमा मदिरा बिक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाइएका बेला नेपाली बजारबाट अवैध रुपमा तस्करी गरेर भारतीय बजारतर्फ लगिरहेका मदिरा प्रहरीले बरामद गरेको प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए।

तस्करको समूहले ट्र्याक्टरमा लोड गरेर भारततर्फ मदिरा लगिरहेको छ भनी गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले ट्र्याक्टरसहित ‘दिलवाले’ नामक मदिरा बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले बताए । बरामद गरिएको ट्र्याक्टरसहितको मदिरा सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा आज बुझाइएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *