मुसहर बस्ती निर्माणका लागि यादव दाजुभाइले गरे जग्गादान
महोत्तरी । महोत्तरीका गौशाला नगरपालिका–६ फुलकाहामा निर्माणाधीन मुसहर बस्तीका लागि जग्गा अपुग भएपछि स्थानीय एकै परिवारका चार दाजुभाइले जग्गादान गरेका छन।
प्रदेशसभा सदस्य भरतप्रसाद साहको संसदीय बजेटमार्फत फुलकाहामा निर्माण हुन लागेको मुसहर बस्तीका लागि सहयोगस्वरुप स्थानीयवासी लट्टु यादव, रामबाबु यादव, गगनदेव यादव र मदन यादवले सामूहिकरुपमा एक कट्ठा आठ धुर जग्गा दान गरेका हुन्।
चार कट्ठा क्षेत्रफलमा यसै आर्थिक वर्षभित्र निर्माण हुने सो बस्तीका लागि जग्गा अपुग भएपछि प्रदेशसभा सदस्य साहको आग्रहले यादव दाजुभाइले जग्गादान गरेको विद्यार्थी नेता सूर्यनारायण साहले बताए।
सुकुम्वासीका रुपमा बसोबास गर्दै आएका ३७ घरपरिवारका लागि फुलकाहामा एकीकृत मुसहर बस्ती निर्माण हुने भएको छ। रासस
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment