काेराेना कहर : बैंकमा पैसा राख्ने र झिक्ने सेवामात्र

डिसी नेपाल
१० चैत २०७६ १३:०४

काठमाडौं। सरकारले अत्यावश्यक सेवावाहेक अन्य सेवा बन्द गरेपछि बैंक तथा वित्तीय संस्थाले पैसा राख्ने र झिक्ने सेवा मात्र दिन थालेका छन्। बैंकहरुले नियमित रुपमा काउन्टर संचालक गरी सेवा दिइरहेको जनाएका छन्।

नेपाल बैकर्स संघका अध्यक्ष भुवन दाहालले सबै बैंकका काउन्टर नियमित रुपमा नै संचालन भइरहेको जानकारी दिए। ‘कर्मचारीलाई आलोपालो गरेर पनि नियमित काउन्टर संचालन गरिरहेका छौं’ उनले भने, ‘सर्वसाधारणलाई पैसा राख्न र झिक्नका लागि कुनै समस्या छैन।’

यद्यपी सर्वसाधारणलाई विद्युतीय कारोबारमा प्रोत्साहन गरिएको र शाखाहरुमा सुरक्षात्मक उपायहरु अपनाइएको जानकारी दिए।

नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको विजनेस कन्टिन्युटीलाई मध्यनजर गर्दै यथासम्भव न्यूनतम कर्मचारीबाट सेवा सुचारु राख्न निर्देशन गरेको थियो। यसका लागि रिमोट एक्सेस वर्क फ्रम होम, सिफ्टवाइज वर्क लगायतका व्यवस्था गर्न सुझाव दिएको छ।

यसैगरी बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न आवस्यक स्वास्थ्य सुरक्षाका न्यूनतम उपाय अनिवार्य रुपमा अवलम्वन गर्न, सेवाग्राहीहरुको भीडभाड नहुने सुनिश्चितताका साथ सेवा प्रवाह गर्न बैंकहरुलाई निर्देशन दिएको थियो।

यसैगरी विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले विद्युतिय माध्यमबाट हुने कारोबारको सीमा वृद्धि गरेको छ।
यसैगरी बैंकहरुले अन्तर बैंक एटिएम सेवाका साथै फण्ड ट्रान्सफर समेत निशुल्क गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *