भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक जनाको पोखरामा मृत्यु
सांकेतिक तस्बिर
पोखरा । पोखरामा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिकामा स्थायी घर भएका उनको बुधबार मृत्यु भएको हो । उनी भर्खरै हैदराबादबाट फर्किएर गाउँपालिकाले निर्माण गरेको अस्थायी क्वारेन्टाइनमा बस्दै आएका थिए ।
थप उपचारकालागि पश्मिाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याउँदै गर्दा उनको मृत्यु भएको गाउँपालिका स्रोतले जनाएको छ । उनी १२ दिनअघि भारतबाट आएको भएपनि मंगलबारबाट क्वारेन्टाइनमा राखिएको थियो ।
उनलाई क्वारेन्टाइनमा राखेको र थप उपचारका लागि पश्मिाञ्चल अस्पताल पोखरा लैजाने क्रममा बाटोमै ज्यान गएको गाउँपालिकाका स्वास्थ्य संयोजक आनन्दलाल जोशीले बताए ।
क्वारेन्टाइनमा रहेका उनको निधन कोरोना संक्रमणका कारण नभएको बताईएको छ । उनी यसअघि नै मुटुरोगबाट पीडित रहेको र यसैका कारण ज्यान गएको अस्पतालाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।
हाल गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका २४ जनालाई रुपा ५ देउरालीको विश्वशान्ति माध्यामिक विद्यालयमा सुविधासम्पन्न क्वारेन्टाइनमा राखेको छ ।







डिसी नेपाल








Facebook Comment