बजार सुनसान गाँउघरमा चहल पहल
मुगु। कोरानाभाइरस (कोभिड १९) को संक्रमण रोगथाम गर्न सरकारले गत मंगलबारदेखि देशभर लगडाउनको घोषणा गरेको भएपनि मुुगुका ग्रामीण भेगमा भने लगडाउनको प्रभाव देखिएको छैन।
नेपाल सरकारले लगडाउनको घोषणा गरी नागरिकलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको भएपनि लकडाउनको पालना भएको छैन। मुगुका ग्रामीण भेगमा लकडाउनका बारेमा जानकारी नहुँदा नागरिक खुल्ला रुपमा हिँडडुल गरिरहेका छन्।
ग्रामीण भेगमा बस्ने नागरिकले लकडाउनबारे जानकारी नभएर पनि गाउँमा लकडाउनको प्रभाव नपरेको हो। गाउँघरतिर लकडाउन मात्रै नभएर कोरोनाभाइरसका बारेमा पनि जानकारी नभएको पाइयो। गाउँलेहरु ‘हैजा महामारी जस्तो आएको छ रे, बजारतिर फैलिने हो गाउँतरि केही हुन्न’ भन्ने गरेका छन्।
कोरोना भाइरस र लकडाउनका बारेमा गाउँघरमा जनचेतना नभएपछि गाउँहरुले साविक झैं नियमित घर खेतमा काम गरिरहेका छन्। उनीहरु समूहमा भेला भएर छलफल गर्ने गरेको स्थानीय नन्दबहादुर कोरायाले जानकारी दिए।
सोरु गाँउपालिका जडेपानी गाँउका स्थानीय धीरेन्द्रबहादुर शाहीले गाँउपालिकाको केन्द्र सोरुकोटमा मात्र लकडाउनले बजार बन्द भएको र आसपासमा मात्र कोरोनासंक्रमण बारे सामान्य जानकारी भएको पाइएको बताए।
देश लकडाउनमा छ । तर गाउँघर तिर लगडाउनको वास्ता नगरी नागरिक काममा व्यस्त देखिन्छन्। नजिकै आएको चैते दशैंको तयारी घर छेप्ने, लिप्नेदेखि लिएर वर्षे बालीधान, कोदो लगाउन ग्रामिण भेगका स्थानीयहरु व्यस्त देखिन्छन्।
‘बिहानैदेखि खेतमा काममा व्यस्त छौं, चैते दशैं आयो त्यही काममा व्यस्त छौं,’ छायाँनाथ रारा नगरपालिका–५ भामवाडागाँउका दन्तु बिकले भने, ‘गाउँघरमा लकडाउनका बारेमा नागरिकले थाहा नपार निस्फ्रिक्रीरुपमा हिड्ने गरेका छन्।’







डिसी नेपाल







Facebook Comment