कोरोना संक्रमण : तरकारी बजारले अपनाउन थाले सर्तकता (फाेटाेफिचर)

डिसी नेपाल
१८ चैत २०७६ ८:५९

काठमाडौं। कोरोना संक्रमण फैलावटबाट बच्नका लागि तरकारी बजारहरुले पनि थप सर्तकता अपनाएका छन्।

सरकारले लकडाउनको समयमा पनि तरकारी लगायतका अत्यावश्यक सामाग्रीका पलस खोल्न अनुमति दिएकाले बिहान सांझ सर्वसाधरणको तरकारी बजारमा भीड बढ्न थालेपछि बजार व्यवस्थापन समितिहरुले थप सर्तकता अपनाउन थालेका हुन्।

उनीहरुले कम्तिमा ३ फिट टाढा बस्नुपर्ने नियमलाई पालना गर्न गराउनका लागि तीन फिटको दूरीमा सेतो गोलो घेरा लगाएका छन्। तरकारी किन्न जाने सबैले सो गोलो घेरामा बसी तरकारी लिनुपर्ने हुन्छ।

समाजकल्याण परिषद्द्वारा सञ्चालित काठमाडौंको भृकुटीमण्डपस्थित इच्छुमति कृषि तरकारी बजारमा प्रवेशद्वार र बाह्यद्वार भिन्ना भिन्नै बनाइएको छ। एउटा गेटबाट प्रवेश गरेका ग्राहक सोहीगेट बाट फर्कन पाउने छैनन्। साथै तरकारी बजार व्यवस्थापन समितिले बनाएको सेतो गोलो घेराभन्दा बाहिर बस्न पाउने छैनन्।

साँझ बिहान तरकारी किन्ने ग्राहकहरुको भीड अत्याधिक हुन थालेपछि सामाजिक दूरी कायम गराउनका लागि व्यवस्थापन समितिले निश्चित मापदण्ड बनाएको हो।

धेरै भीड भएको अवस्थामा गेटमा नै सुरक्षा गार्डले ग्राहकलाई सडकमै दूरी कायम गरी लामबद्ध गराउनेछन्। तरकारी बजारको गेटमा सुरक्षाकर्मीले सुरक्षा सर्तकता सम्बन्धी सन्देश पनि प्रवाह गरिरहेका हुन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.