म्याग्दीमा फोहरको थुप्रोमा भेटियो पैसाको बोरा !

डिसी नेपाल
१८ चैत २०७६ ९:०२

बेनी। म्याग्दीमा फोहरको थुप्रोमा हजारौं रुपैयाँ राखिएको बोरा भेटिएको छ । यी पैसा म्याग्दीको बेनी नगरपालिका ९ मा रहेको गलेश्वर शिवालय मन्दिरबाहिर मागेर बस्ने एक वृद्ध महिलाले जम्मा गरेकी हुन् । पैसा भिजेको अवस्थामा भेटिएका थिए ।

यहाँ मागेर बस्ने वृद्धा दिलमाया विक मन्दिरबाहिर रहेको प्रतिक्षालयमा बछिन् । उनी बस्ने कोठा निकै दुर्गन्धित र फोहर भएपछि स्थानीयले त्यहाँ सरसफाइ गरिदिएका थिए । सरसफाइका क्रममा त्यहाँ एउटा चिसो बोरा भेटियो । बोरालाई आगोमा हाल्ने तयारी भइरहेका बेला अचानक बोराभित्रबाट १ सय रुपैयाँको नोट देखियो । त्यसपछि जलाउन लागिएको बोरालाई आगोबाट निकालेर बोरा खोलियो ।

बोराभित्र ५, १०, २०, ५० र १०० रुपैयाँका नोटहरु थिए । स्थानीयले बोराभरी रहेका पैसा निकालेर गन्दा कूल ७८ हजार रुपैयाँ पुग्यो। अधिकांश नोट भिजेको अवस्थामा थिए । दैनिक मन्दिरबाहिर बसेर माग्ने विकले मागेर पाएका पैसा जम्मा गर्दा यति धेरै भएको थियो । यस अघि समेत त्यहाँ फोहोर पन्छाउँदा १२ हजार र ७ हजार रुपैयाँ भेटिएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.