स्पेनमा कोरोनाको कारण एकै दिन ८६४ जनाकाे मृत्यु

डिसी नेपाल
१९ चैत २०७६ २०:३६

बीबीसी । स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ।

युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो।

स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या भने निरन्तर घट्दै गएको जनाइएको छ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले कोरोनाभाइरसको महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती भएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *