लकडाउनमा शान्त काठमाडौं (फोटोफिचर)

डिसी नेपाल
२१ चैत २०७६ ८:०२

काठमाडौं। चीनको वुहानबाट सुरु भएको कोरोना भाइररसले यतिबेला विश्वलाई नै आफ्नो चपेटााम लिएको छ। नेपालमा हालसम्म पाँच जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। कोरोना भाइरस नेपालमा पनि देखिएपछि सरकारले चैत १० गतेदेखि मुलुकमा लडकाउडनको घोषणा गरेको छ।

लकडाउन घोषणा गरेको बिहीबार दशौं दिन हो। बिहीबार डिसी नेपाल सहकर्मी राजधानीका विभिन्न भागमा पुगेका थिए।

चावहिल, नयाँ बानेश्वर, सहिदगेट, त्रिपुरेश्वर, टेकु हुँदै कलंकी र बल्खु पुग्दा राजधानी निकै सुनसान देखियो। अत्यावश्यक भन्दा बाहेकका मानिस घर बाहिर देखिनन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो।

लकडाउन गरेर सडक बाहिर निस्किएका केही सवारी साधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका देखियो।
कलंकीमा भने फरक दृष्य देखियो। कलंकी चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। फाट्टफुट्ट पास लिएका सवारी साधान संचालनमा थिए।

झोला र स–साना नानी बोकेका केही मानिस बल्खुहुँदै कलंकीतर्फ आए। उनीरुसँग पास दिएन। हामीले उनीहरुलाई कहाँ जान लाग्नु भएको भनेर सोध्यौं। उनीहरुले राजधानी बाहिर जान लागेको बताए। आफूलाई लिन थानकोटमा गाडी आएको उनीहरुको भनाइ थियो।

सुरक्षाकर्मीकै आँखा अगाडि यसरी सर्वसाधारण लकडाउनको अवज्ञा गर्दै गएको देखेपछि हामीले सशस्त्र प्रहरीका एक जना अधिकृतलाई प्रश्न गर्यौं। नाम उल्लेख नगर्ने शर्तमा ती अधिकृतले आँफूहरुले उनीहरुलाई रोक्न खोजेको तर थानकोटमा गाडी लिन आएको बताएपछि मानवीयताका हिसावले पनि जान दिएको उल्लेख गरे।

‘हामीले लडकाउन उल्लंघन गर्नेलाई कारवाही गरेका छौं, तर कतिपय अवस्थामा मानवीयताका हिसावले पनि हेर्नुपर्ने अवस्था आउने रहेछ,’ नाम उल्लेख नगर्ने शर्तमा ती अधिकृतले भने।

तर पास विनाका सवारी साधनलाई भने ट्राफिक प्रहरीले कडाइ गरेको देखियो। कलंकी चोकमा खटिएका ट्राफिक हबल्दार मनोज चापागाईँले अत्यावश्यक र पास लिएका सवारी साधनबाहेकलाई चलाउन कडाइ गरिएको बताए। कलंकी चोकमा आधा दर्जन बाइकलाई नियन्त्रणमा लिएर राखिएको थियो।

उनले भने, ‘अप्ठेरो स्थिति भएका मानिसलाई पास बिना पनि जान दिएका छौं। तर जो बाहिर ननिस्किँदा पनि हुनेछन् त्यस्तालाई भने कारवाही गरिएको छ,’ ट्राफिक हबल्दार चापागाईँले भने।

सबै तस्वीर : कमल साउद/ डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *