मेष राशिका लागि कस्तो छ २०७७ साल ?

डिसी नेपाल
२४ चैत २०७६ ६:३९

मेष राशि हुनेहरूको लागि यो वर्ष विगतको तुलनामा तसै अनुकूल सावित हुनेछ। महादशा आदिमा अनुकूल तथा कारक दशाको पालो चल्नेहरुलाई विशेष अभिष्ट सिद्धि एवं दिग्विजय प्राप्ति हुनेछ। ग्रहोपचारको उपाय पनि गरेको खण्डमा वेरोजगारीहरुलाई रोजगारी मिल्ने छ भने जागिरेको पदोन्नति हुने सम्भावना छ।

उद्यमीको लागि नयाँ उद्यम तथा व्यवसायको थालनी हुनसक्ने छ। समय अवसरको सदुपयोग गर्र्दै अघि बढ्ने कर्मयोगीहरुलाई राम्रो सफलता मिल्ने छ । घरपरिवारमा माङ्गलिक कार्य संपादन हुनेछ भने आध्यात्मिक चिन्तनमनन् तर्फ मन आकार्षित हुनेछ । तीर्थयात्रादि धार्मिक तथा सांस्कृतिक कार्यमा सफलता मिल्ने र लौकिक एवं पारलौकिक दुबै पुरुषार्थ गर्न सकिने छ । विद्वान गुरुजनको संगत मिल्ने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *