कोरोना संक्रमणले एचआईभी संक्रमितहरुलाई समस्या

डिसी नेपाल
२४ चैत २०७६ १७:२४

काठमडौं । कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट जोखिन सरकारले घोषणा गरेको ‘लकडाउन’ले एचआइभी संक्रमितहरुलाई असर गरेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले ‘लकडाउन’लाई थप कडाई गरेपछि नियमित औषधी सेवन गरिरहेका एचआइभी संक्रमितहरुलाई असर परेको हो ।

औषधी सेवन गर्दै आएका संक्रमितहरुले विभिन्न जिल्लास्थित एआरटी सेन्टरबाट औषधि लिने गरेको भएपनि एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जान कडाई गरेपछि समस्या भएको हो ।

राष्ट्रिय एचआईभी एड्स महासंघले संक्रमितहरुको घरघरमा औषधि पुर्‍याएर सहजता प्रदान गरेपनि अनिवार्य पास लिनुपर्ने र सवारी साधन बन्द भएको अवस्थामा समस्या परेको महासंघका अध्यक्ष राजेश दिदियाले जानकारी दिए । अहिले एचआईभी संग सम्वन्धित काम गर्दै आएका संघ संस्थाहरुको समन्वयमा घर घरमा औषधी पुर्‍याउन थालेपनि एक स्थानीय निकायदेखि अर्कोमा जान बन्द गर्ने निर्णय सँगै समस्या आउन सक्ने उनको भनाई छ ।

हाल देश भर १८ हजार ५ सय ५५ जना एआर्टी लिनेको संख्या रहेका छन् । समाजमा विद्यमान कुरीती र कुप्रथा एवं सामाजिमा ब्याप्त पुरानो विचार धारा, लान्छना साथै भेदभाव भएका कारण आफू रहने जिल्ला भन्दा बाहिरको जिल्लाबाट एआरटीको औषधी लिनेहरुमा समस्या देखिको छ । यद्यपी महासंघले आपसि समन्वयमा सम्बन्धि जिल्लामा रहेको एआरटी सेन्टरबाट औषधि वितरण गर्नेगरि त्तकाल समस्या समाधान गरिहेको छ ।

एचआइभी संक्रमितले लिदै आएको औषधी एआर्टीको स्टक दुई महिनाको लागि मात्र रहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना नियन्त्रणमा नआए औषधि अभाव हुन सक्ने चिन्ता महासंघले व्यक्त गरेको छ ।

काठमाडौंको शुक्रराज ट्रपिकल सेन्टरबाट मात्रै २ हजार ४ सय ५० जनाले औषधि लिदैं आएका छन् । ठुलो संख्यामा औषधी लिने एकै मात्र एआर्टी सेन्टरका रुपमा रहेको काठमाडौंको उक्त सेन्टरबाट आफ्ना औषधी लिनेहरुको घर घर औषधी पुर्‍याउने काम भई रहेको छ । हाल देश भर ८० वटा एआर्टी सेन्टरबाट एचआईभी संक्रमितहरुले औषधी लिदै आएका छन् । यस्तै देश भरमा १ हजार ३ सय ५६ जना बालबालिकाले यो औषधीको प्रयोग गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *