भरतपुरको प्रयोगशालामा परीक्षण गरिएको २१ काेराेना संक्रमणकाे नमूना नेगेटिभ

डिसी नेपाल
२५ चैत २०७६ १४:१८
4
Shares

चितवन। भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा पहिलो पटक परीक्षण गरिएका २१ वटा नमूना नेगेटिभ देखिएको छ। सोमबार विभिन्न अस्पतालबाट सङ्कलन भएका नमूनाको नतिजा आज सार्वजनिक गरिएको हो।

प्रयोगशाला सञ्चालन उपसमितिका संयोजक डा कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट सङ्कलन भएको १६ वटा, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाइएको एउटा र प्रयोगशालामा नै सङ्कलन गरिएका चारवटा नमूनाको परीक्षण गरिएको हो।

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमूना कोरोना अस्पतालमा पठाउने गर्दछन् । शर्माका अनुसार आजबाट सबै नमूना बिहान १० बजेभित्र कोरोना अस्पतालमा सङ्कलन भई ११ बजेसम्ममा प्रयोगशालामा पुर्याएर परीक्षण थालिने छ।

पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइने छ भने अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ। आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्वारेन्टाइन र होम क्वारेन्टाइनमा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *