एनआरएनएले सञ्चालनमा ल्यायो हेल्पलाइन सेवा

डिसी नेपाल
३० चैत २०७६ १६:००

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २४ सै घन्टे टेलिफोन हेल्पलाइन सेवा सञ्चालनमा ल्याएको छ । कोरोना भाइरस संक्रमणबाट विभिन्न मुलुकमा रहेका गैरआवासीय नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सो सेवा सञ्चालनमा ल्याइएको संघका अध्यक्ष तथा कोबिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले जानकारी दिए ।

गैरआवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट सो सेवा आज आइतवारदेखि सुरु हुने संघका महासचिव डा। हेमराज शर्माले बताए । कोरोना महामारीले विश्वमा भइरहेको लकडाउका कारणले विदेशमा अलपत्र परेका, वैदेशिक रोजगारी रहेका नेपालीलगायतले आ–आफ्ना समस्या सो हटलाइनमा फोन गरेर टिपाउन सक्ने महासचिव शर्माको भनाइ छ।

यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्यसम्वन्धी समस्याको सुनुवाई गर्न डा। सञ्जीव सापकोटाका संयोजकत्वमा २४ सैं घन्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *