नेपालमा कोरोना संक्रमित निको हुन थाले, एकजना आज निको भएर घर फर्कने सम्भावना
काठमाडौं। नेपालमा गएको जनवरीमै चीनबाट आएका एक युवा कोरोना संक्रमित देखिएका थिए । उनी त्यतिबेलै उपचारको क्रममा निको भए । त्यसपछि २ महिनाभन्दा धेरै अवधिसम्म नेपालमा कोरोना संक्रमित निको भएका खबर आएनन् । अब भने संक्रमित निको हुने क्रम सुरु भएको छ । नेपालमा दोस्रो संक्रमित पाइएकी १९ हवर्षकी युवती सम्भवतः आज डिस्चार्ज भएर घर जान पाउनेछिन् ।
फ्रान्सबाट आएकी ती युवती नेपाल आएसँगै परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकी थिइन् । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा राखेर उपचार सुरु गरिएको थियो । पछिल्लो पटक उनको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि उनको दोहोर्याएर परीक्षण गरियो जसको रिपोर्ट आज आउँदैछ । यदि आज पनि उनको रिपोर्ट नेगेटिभ देखिएमा उनलाई डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ । गत चैत ४ मा फ्रान्सबाट काठमाडौं आइपुगेकी ती युवतीमा १० चैतमा कोभिड–१९ पोजेटिभ देखिएको थियो।







डिसी नेपाल








Facebook Comment