परराष्ट्र मन्त्री ज्ञवाली भन्छन् : विदेशमा रहेका नेपाली कामदार कोही भोको छैनन्, कोही बस्न नपाएका छैनन्

डिसी नेपाल
७ वैशाख २०७७ ०:४९
8
Shares

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशमा रहेका नेपाली कामदारहरु कोही पनि भोकै न भएको बताएका छन् । बैशाख ६ गते शनिवार विभिन्न दैनिक अखबारका सम्पादकसंग समसामयिक विषयमा भिडियो वार्ता गर्दै उनले बैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरु कोही बस्न नपाएको अवस्थामा नभएको दावी पनि गरेका छन् ।

आफूले गरेका कामप्रति स्वस्थ आलोचना गर्न आफूले सम्पादक वार्ता गरेको मन्त्री ज्ञवालीको भनाइ छ । भिडियो वार्तामा उनले देश लक डाउन मा भएका बखत पैदलमार्ग प्रयोग गरेर हिड्ने नागरिकलाई राज्यले नहेरेको विषयमा मिडियाले गरेको टिप्पणीप्रति असहमती जनाएका थिए । यसमा उनको दुईटा तर्क थिए ।

पहिलो, सडकमा हिड्ने मानिसहरु को हुन् रु कहांबाट आइपुगे रु कसले काठमाडौं ल्यायो रु या तिनको ठेकेदार को हो रु दोश्रो , लकडाउन पहिलो पटक प्रयोग भएको शब्द हो । यो भनेको के कस्तो हो भन्नेमा सबैमा संसय थियो । स्थानीय सरकारहरुबीचमा समन्वय हुन कोरोना हाउगुजी भएको थियो ।

यस्तो बेलामा सरकारको सफलता र असफलता मात्रै मापन नगरी देशप्रतीको जिम्मेवारी पालना मा कुनै पनि जिम्मेवार निकाय चुक्नु हु“दैन भन्ने जिकिर गरेका थिए । अहिले कोरोनाका कारण विभिन्न देशमा रोजगारीकालागी गएका नेपाली युवाको उद्दार गर्नुपर्ने दायित्व सरकारमाथि छ । यसमा कामदार लिने राष्ट्रसंग गम्भीर वार्ता भइरहेको र प्रधानमन्त्री स्वयं यस कुरामा चिन्तित र गम्भीर भएको मन्त्री ज्ञवालीको भनाइ छ ।

अहिले सरकारले गरेको आग्रहलाई मान्दै भिसा म्याद सकिएका, करार अवधी पूरा भएका र गैरकानुनी या ओभर स्टे गरेका सबैलाई तीन महिनाको म्याद थप गरिएको छ । यसमा कानुन कार्बाही हुदैन । अर्कोतर्फ , कोरोना संक्रमण भएकोे कोही उपचार नपाएको अवस्था छैन ।

भोको कोही छैन । बस्न नपाएको कोही छैन । काम बाट कसैलाई निकाली हालेको छैन । बेतलवी बिदामा राखेको होला । पछिल्लोपटक युएईले भने रोजगारदातालाई आफ्नो ब्याबसाय बन्द गर्न, कामदार राख्न वा हटाउनेबारे आफ्नो खुशी गर्न कानुनी बाटो खोलिदिएको छ । मन्त्री ज्ञवाली भन्छन्, “निकाल्दा पनि सुबिधा दिनु भन्ने सरकारले नियम बनाइदिएको छ ।

हामी निरन्तर सम्पर्कमा छौ । र, सकारात्मक सुझाव को स्वागत गर्छांै । केही नगर्दा किन नगरेको रु भन्ने । गर्दैन किन गर्नु पर्यो रु भन्ने यसो गर्दा कसैलाई लाभ पुग्दैन ।” डिसी नेपालसंग कुरा गर्दै उनले भने, “बिश्वलाई चकित पार्ने महामारीसग लड्न सबै एकजुट नभई सम्भव छैन ।”




प्रतिक्रिया

One thought on “परराष्ट्र मन्त्री ज्ञवाली भन्छन् : विदेशमा रहेका नेपाली कामदार कोही भोको छैनन्, कोही बस्न नपाएका छैनन्

  1. बिद्वान नेता को नाम्मा कलन्क हौ कहिले सुध्र्ने हो कस्ले बनाएको हो यस्तो मन्त्री के को आधार मा बोल्छ यो चोर हो यो हेर के कति गारो छ मर्न त कुकुर पनि मरेको छैन खान नपाएर ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.