कोरोना सङ्क्रमित निको भएकामा प्रधानमन्त्री ओली खूशी

डिसी नेपाल
७ वैशाख २०७७ ८:१८

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनुभएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उनीसँग कोरोना समेत पराजित भएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्किएकामा पनि खूशी व्यक्त गरेका थिए । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.