सरकारले बेमौसमी बाजा बजाउँदै छ : प्रवक्ता शर्मा

डिसी नेपाल
८ वैशाख २०७७ १७:४५

काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको विवाद सतही भएको पछिल्लो राजनीतिक घटनाक्रमप्रति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जाल ‘ट्वीटर’मा आफ्नो प्रतिकृया जनाउँदै बेमौसमी बजा भनेका छन् ।

कोरोना भाइरसले विश्वमै महामारी फैलाइरहेका बेला नेपालमा सत्तारुढ दलको विवाद र राजनीतिक दलसम्बन्धी व्यवस्था संशोधन र संवैधानिक परिषदको गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने मन्त्रीपरिषदको सोमबारको निर्णयलाई बेमौसमी बाजाको संज्ञा दिएका छन् ।

शर्माले अहिलेको प्रधान प्राथमिकता कोरोनामाथि विजय हासिल गर्ने हुनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘संसारकै अहिलेको प्रधान प्राथमिकता कोरोनामाथी विजय हासिल गर्ने हो नेपाल देशका लागिपनि यतिबेला अन्य सबै बिषय गौण छन् र गौण रहनुपर्छ हाम्रो सम्पुर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित रहनैपर्छ’ ।

मन्त्रीपरिषदको सोमबारको बैठकले उक्त अध्यादेश ल्याएको हो । अध्यादेश पछि पूर्व एमाले र पूर्वमाओवादी (केन्द्र)का मन्त्रीहरुको अलग अलग बैठेक चलिरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *