उदयपुरमा ११ जनामा कोरोना संक्रमण पुष्टि , संक्रमितको संख्या ४२ पुग्यो

डिसी नेपाल
९ वैशाख २०७७ १९:३२

काठमाडौं । नेपालमा मंगलबार मात्र ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले डिसी नेपाललाई जानकारी दिए ।

मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार कोसी अस्पतालबाट शंकास्पद नतिजा आएका ८ जनाको धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुनः परीक्षण गरिएको थियो । भने ३ जनाको काठमाडौंमा पुनः परिक्षण गरिएको थियो । उनीहरुमा पुनः परीक्षण गर्दा संक्रमण भएका पुष्टि भएको हो ।

उदयपुरमा मात्र कोरोनाको संक्रमण हुनेको संख्या २२ जना पुगेको छ । यस अघि उदयपुरको एक मस्जिदमारहेका स्लामिक धर्म गुरु सहित १२ जनामा कोरोनाको संक्रमण देखिएको थियो । सरकारले उनीहरुको ‘कन्ट्याक ट्रेसिङ’ गर्दै जाँदा मंगलबार थप ११ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.