जडिबुटीमा हिडेर घर फर्किनेको भिड

डिसी नेपाल
९ वैशाख २०७७ २०:३३

काठमाडौं । स्थानीय निकायहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका मानिसहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि काठमाडौंको जडिबुटी क्षेत्रमा घरजानेको भिड लागेको छ ।

लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप जोखिम निम्त्याउने भएपछि अधिकांश स्थानीय तहले आफै सवारीसाधनको व्यवस्था गरी लैजान थालेका हुन् ।

मंगलबार काठमाडौंको जडिबुटिमा घर जाने मानिसहरुको भिड लागेको छ भने स्थानीय तह र जनप्रतिनिधिहरुले सवारी साधनको व्यवस्था गरेका छन् । मानिसहरु आफ्नो क्षेत्रमा जानका लागि सवारीसाधनको प्रतिक्षा गरिरहेका देखिन्छन् ।

लकडाउन सुरु भएको एक महिना हुनै लाग्दा पनि खुल्ने सम्भावना नदेखिएको र दैनिक काम गरेर खानुपर्नेहरुलाई समस्या परेपछि हिंडेरै घर जानेहरुको संख्या बढ्दै गएको थियो । तर, यसबाट थप जोखिम हुन सक्ने भन्दै केही जनप्रतिनिधि र स्थानीय तहले आफै सावारीसाधनको व्यवस्थापन गरेर मानिसहरुलाई गन्तब्य सम्म लैजाने व्यवस्था मिलाएका हुन् ।

यस्तै, समस्यामा परेका मानिसहरुलाई पहुँचको आधारमा मात्र लैजान थालिएको भन्दै गाउँपालिका राष्ट्रिय महासंघले त्यसो नगर्न आग्रह गरेको थियो । सरकारले लकडाउन अवधिभर जो जहाँ छ त्यहिं बस्नुपर्ने र खाद्य सामग्रीको अभाव भए सरकार र स्थानीय तहले राहतको व्यवस्था गर्ने बताउँदै आएको छ ।

तर, राहत थोरै हुने र यसले जिविको पार्जनका लागि नपुग्ने भएपछि मानिसहरु हिंडेरै घरतिर जान थालेका थिए । यसबाट झन ठूलो समस्या आउने भएपछि कतिपय जनप्रतिनिधि र स्थानीय तहले आफ्नो क्षेत्रका मानिसहरुको उद्दार गर्न लागेका हुन् । जसले गर्दा मंगलबार काठमाडौंको जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको हो । पानी परिरहेको अवस्थामा पनि सयौंको संख्यामा मानिसहरु सवारीसाधनको प्रतिक्षा गरिरहेका थिए ।

सुरक्षाकर्मीहरुले समेत सहजिकरणको काम गरिरहेको देखिन्थ्यो । स्थानीय तह र जनप्रतिनिधिहरुले न्यूनतम स्वास्थ्य प्रोटोकलको पालना गर्दै सुरक्षित साथ गन्तव्यमा पु¥याउने कामलाई व्यवस्थित बनाउन लागेको देखिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.