काठमडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ३ सय ६५ नियन्त्रणमा

डिसी नेपाल
९ वैशाख २०७७ २१:००

काठमाडौं । उपत्यकामा लकडाउन उल्लघंन गर्ने ७७ महिला सहित ३ सय ६५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज विहान ६ बजे देखि बेलुका ६ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी रानीपोखरीले जनाएको छ ।

यसैगरी २ सय ६२ वटा दुई पाङ्ग्रे र २९ वटा चारपाङग्रे गरी २ सय ९१ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी जानकारी दिए।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रहसमेत गरेका छन् । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ७० जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.