प्रधानमन्त्रीको आदेशमा सांसद अपहरण गरेको समाजवादी पार्टीकाे आरोप
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रहरीले अपहरण गरेको आराेप समाजवादी पार्टीले लगाएकाेछ । समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले सामाजिक सञ्जाल मार्फत यस्तो आरोप लगाएका छन्।
पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज वैशाख १० गते साँझ ५ः०० बजे पूर्व स्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रम ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनकालागि काठमाडौं ल्याउँदैछ । सरकारले नै विपक्षी पार्टीका सांसद अपहरण गरेर पार्टी फुटाउन खोज्ने ? यो के हुन लागेको हो ओलीतन्त्रमा ?

स्रोतका अनुसार यादव पार्टी नेतृत्वसँग असन्तुष्ट रहँदै आएका थिए । प्रधानमन्त्री निकटका मानिसहरुले यादवलाई समाजवादी पार्टी फुटाउने कार्यमा सघाएमा ‘जे चाहिन्छ त्यो दिने’ बताएका थिए ।

यस बारेमा बुझ्न धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालाई सम्पर्क गर्न खोजेका थियों । उनीसँग सम्पर्क हुन् सकेन । पूर्वस्वास्थ्य राज्यमन्त्री यादवको फोन भने स्वीच्ड अफ छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment