लकडाउनका बेला सशस्त्र प्रहरीका डिएसपी आफ्नै इन्स्पेक्टरद्वारा पिटिए
काठमाडौं । कोरोना माहामारीमा नेपाल भारत सीमामा कडाइ गर्न खटिएको सशस्त्र प्रहरीको एउटा टोलीका हाकिम डिएसपी आफ्नै दुईजना इन्सपेक्टरहरु द्वारा निर्मम कुटिएका छन् ।
अत्याधुनिक हतियारधारी सशस्त्र प्रहरीका यी अधिकृतहरुका बीचको यो घटना बैशाख ९ गते मंगलबारको हो । नेपाल भारत सीमा निकट पर्ने रुपन्देही जिल्लामा खटिएका डिएसपी मानवहादुर जिसी आफ्नै दुई इन्स्पेक्टरहरुबाट कुटिएका हुन् ।
डिएसपी जिसीको टोली सीमामा राजश्व गस्ती गर्न खटाइने राजश्व टोलीका प्रमुख हुन् । उनीमाथि सशस्त्र प्रहरीको राजश्व गस्ती रुपन्देही व्यारेकभित्र कुटपिट भएको थियो ।
समाचारअनुसार, उनी मातहतकै इन्स्पेक्टरहरु केशव भट्टराई र जयराम पौडेलले मिलेर पिटेका हुन् । घटनाको कारणबारे फरक–फरक कुराहरु आएका छन् । पिटिएका डिएसपी जिसीले दुई इन्स्पेक्टरहरुले लकडाउनका बेला वाहिरबाट मदिरा सेवन गरेर व्यारेकमा आएको रिपोर्ट माथिल्लो निकायमा गरेका छन् ।
मादक पदार्थ सेवन गरेर व्यारेका आउन पाइंदैन भन्ने थाहा छैन भनेर सोध्दा आफूमाथि कुटपिट भएको भन्ने रिपोर्ट गरेको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ । हाकिम पिटेको आरोप लागेका दुई इन्स्पेक्टरहरुले भने प्रहरीको राशनको कुरा उठाएको बताइएको छ ।
कठिन अवस्थामा पनि राशनमा दायाबायां भएको कुरा अख्तियारसम्म पुगेको तर्क डिएसपीका विरुद्ध गरिएको भए पनि डिएसपी जिसी स्टाफ कलेजसमेत गरेका अधिकृत हुन् । सशस्त्र प्रहरीका केन्द्रीय प्रबक्ता डिआईजी प्रबीण श्रेष्ठले कुटपिटको घटनाबारे रिपोर्ट आएको जानकारी दिए ।
उनले डिसी नेपालसंग भने,“उनीहरुमाथि छानविन शुरु भइसकेको छ र कारवाहीको प्रकृया पनि अघि बढाइएको छ ।” डिएसपी पिट्ने इन्स्पेक्टरहरु पक्राउ गरिएका छन् वा छैनन् भन्नेबारे भने प्रष्ट भएको छैन ।







डिसी नेपाल








Facebook Comment