किन पक्राउ परे पूर्व सचिव उपाध्याय ?
काठमाडौं । नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायलाई प्रहरीले अहिले सांझ उनकै निवासबाट पक्राउ गरेको छ । प्रहरीको साइवर व्युरोले उनलाई पक्राउ गरेको हो ।
पूर्वसचिव उपाध्यायलाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिएको आरोप लागेको छ ।
इञ्जिनियरसमेत रहेका पूर्व खानेपानी सचिव उपाध्यायले ट्वीटर र फेसबुकमा स्ट्याटस लेख्दै सरकारको कडा आलोचना गर्दै आएका थिए ।
सोमबार प्रधानमन्त्री निवास वालुवाटारमा सम्पन्न सत्तारुढ नेकपाको आपतकालीन बैठकमा प्रधानमन्त्रीले पूर्वसचिव उपाध्यायको समेत नाम लिंदै दाहाल निकटका व्यक्तिहरुले आफू र सरकारविरुद्ध अनर्गल प्रचार गर्दै आएकोमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति आक्रोश पोखेका थिए ।
प्रधानमन्त्री ओलीले उपाध्यायलाई दाहालकी बुहारी खानेपानी मन्त्री विना मगरको सल्लाहकारको रुपमा काम गर्ने गरेको बताउंदै सरकारकै मन्त्रीको सल्लाहकार(अवैतनिक?) हुने , सरकारबाटै दिइने पेन्सन खाने अनि प्रधानमन्त्री र सरकारविरुद्ध अनर्गल प्रचार गर्ने ? भनेका थिए । प्रधानमन्त्रीको सो आरोपको उत्तर दिंदै दाहालले यसबारे आफूलाई थाहा नभएको बताएका थिए ।







डिसी नेपाल








Facebook Comment