बेरोजगार भत्ता के हो ? बेरोजगार भत्ता कस्ले पाउँछ ? कसरी पाउने हो ? कस्ले पाउँदैन यि सबै प्रश्नहरूको जवाफ लिएर हामी आउदैछौं ।

डिसी नेपाल
११ वैशाख २०७७ ९:५६

डिसी नेपाल, क्यालीफोर्निया ।

सुप्रिम ट्याक्स एण्ड फाईनान्सका प्रबन्ध निर्देशक कमल शर्मासँग (COVID-19)कोरोना भाइरसको चपेटामा परेर आफ्नो भईरहेको चलिरहेको काम, वन्द भएको उधोग ब्याबसाय तथा उवर,लिफ़्ट चलाउने,डेलिभरि गर्ने देखि लिएर विविध समस्यामा परेर आर्थिक संकट झेल्नु परेको अवस्थालाई लिएर डिसी नेपालवाट छलफल कार्यक्रम राखिने भएको छ । कार्यक्रम यहि २९ अप्रिल क्यालिफोर्नियाको समय अनुसार ८ वजे विहान र टेक्सासको समय अनुसार १० वजे विहान हुने जानकारी कार्यक्रम व्यवस्थापक एनआरएनए आईसीसीको सदस्य शंकर खड्काले बताउनु भयो ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष र आईसीसीका सदस्य शंकर खड्का भन्नु हुन्छ यस्तो खालको कार्यक्रम राख्नका लागि धेरै ठाउँवाट फोन मेसेज तथा ईमेलहरू आएकोले हामीले यि सबै प्रश्नहरूको जवाफ सम्बन्धित क्षेत्रमै कामगरीरहेका ब्यक्तीबाट दिदा बढीफलदायीक हुने हुनाले यो कार्यक्रम राखिएको हो ।

अनुभवी ब्यक्तित्व कमल शर्माको कार्यक्रमवाट आजको समयमा समस्यामा परेका हजारौ नेपालीहरुलाई बेरोजगार बिमा फारम भर्न , pay check protection लगायत बिबिध बिषयमा कम्युनिटीलाई सहयोग मिल्ने छ ।

एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्बज्ञ वाग्ले द्वारा प्रस्तुत तथा सुप्रिम ट्याक्स एण्ड फाईनान्सका प्रबन्ध निर्देशक कमल शर्मासंगको लाइभ हेर्नुहोला र आफ्ना प्रश्न गर्नुहोला । अहिले नै आफ्ना प्रश्न/ समस्या कमेन्ट बक्समा अथवा आफ्ना जिज्ञासाहरू निम्न फोन नं. मा फोन अथवा मेसेज गरेर पठाउन पनि सक्नु हुन्छ ।
जिज्ञासा तथा आफ्ना समस्याका लागी : फोन नं – ६५०-४६८-४०४५ , 510- 829-5937




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *