सांसद घलेद्वारा सरकारलाई सेनिटाइजरसहित स्वास्थ्य सामाग्री प्रदान

डिसी नेपाल
११ वैशाख २०७७ १०:१९

काठमाडौँ। नेपाली काङग्रेसका संसद कर्मा घलेले सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेका छन्। बजारमा सेनिटाइजरको अभाव भइरहेको समयमा सांसद घलेले सरकारलाई १० हजार लिटर सेनिटाइजर उपलव्ध गराएका हुन्।

सांसद घलेका शब्दमा कोरोनाको महामारीबाट बच्नका लागि उनले दलभन्दा माथि उठेर सरकारलाई सहयोग गरेका हुन्। घले औषधि उत्पादक कम्पनी सुमि फर्मास्युटिकलका सञ्चालक समेत हुन। उनले उपलव्ध गराएका सेनिटाइजरको बजार मूल्य १ करोड ३० लाख हाराहारी रहेको छ ।

केन्द्र सरकार र मनाङका चारै वटा गाउँपालिकाहरुलाई विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन्। साँसद घलेले कोरोना भाइरसबाट जोगाउन चारवटै गाउँपालिकालाई यस्तो सहयोग उपलब्ध गराएका हुन्।

उनले नार्फु गाउँपालिकालाई पञ्जा २ बाकस, पीपीई ४ पिस र स्यानिटाइजर १० लिटर सहयोग गरेका छन्। यस्तै, ङिस्याङ गाउँपालिकालाई पञ्जा २ बाकस, पीपीई ९ पिस, स्यानिटाइजर १० लिटर उपलब्ध गराएको मनाङका समाजसेवी विनोद गुरुङले जानकारी दिए।

उनका अनुसार चामे गाउँपालिकालाई पञ्जा २ बाकस, पीपीई १० पिस, स्यानिटाइजर १० लिटर सहयोग गरिएको छ । यस्तै, साँसद घलेले नासों गाउँपालिकालाई पनि पञ्जा २ बाकस, विभिन्न प्रकारका पाँच बाकस औषधी, पीपीई २ पिस र स्यानिटाइजर १० लिटर उपलब्ध गराएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *