प्रधानमन्त्रीलाई भेटेर के भने कांग्रेस सभापति देउवाले (विज्ञप्ति सहित)

डिसी नेपाल
१२ वैशाख २०७७ १७:४८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सांसदलाई अपहरणको शैलीमा काठमाडौं ल्याउन सहयोग गर्नेलाई कारवाही गर्नुपर्ने माग प्रधानमन्त्री समक्ष राखेका छन् । शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसँग भएको भेटघाटमा देउवाले उक्त माग राखेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिए ।

मुख्य सचिव पौडेलका अनुसार सभापति देउवाले प्रधानमन्त्रीलाई अध्यादेश फिर्ता लिएर गल्ची सच्याएकोमा बधाई पनि दिएका छन् । मुख्य सचिव पौडेलले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘दुबै अध्यादेश फिर्ता लिएर गल्ती सच्याउनु भयो, त्यसका लागि धन्यवाद छ । तर, एक सांसदलाई अपहरण शैलीमा काठमाडौं ल्याउन जो संलग्न छन्, तिनलाई कार्वाही गर्नुपर्ने माग देशभरी उठेको छ । मेरो माग यहि छ । देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कार्वाही हुनुपर्छ।’

यस्तै, सभापति देउवाले भने, ‘ब्यापक परिक्षण अहिलेको आवश्यकता हो । समुदाय स्तरमा व्यापक परिक्षण गर्न ढिलो नगरौं ।’ उनले स्वास्थ्यकमीलाई पीपिइ समाग्री अझै नपुगेको समेत प्रधानमन्त्रीलाई जानकारी गराएका छन् ।

‘देउवाले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने काम कतिपयले गरेको सुनिन्छ, त्यसलाई तुरुन्तै रोक्नुपर्छ भनि प्रधानमन्त्रीलाई सुझाएका छन’, विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, सभापति देउवाले भने, ‘श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस्, राहत घोषणा अधुरो भयो, पुग्नु पर्नेकोमा अझै पुगेन र श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठुला सबै ब्यवसायीका लागि तत्काल अर्को प्याकेज ल्याउनोस्’, विज्ञप्तिमा उल्लेख छ ।

‘बिदेशमा रहेका नेपालीले हिजो देशलाई रेमिटेन्स पठाएर योगदान गरे, आज उनीहरु अप्ठ्यारोमा परेका छन्’, भन्दै सभापति देउवाले ‘त्यस्तो स्थितिमा रहेका नेपालीलाई उद्दार गर्ने बारे तत्काल योजना सार्वजनिक गर्नोस् र कार्यान्वयन थाल्नोस’ भनि प्रधानमन्त्रीलाई सुझाव समेत दिएको मुख्य सचिव पौडेले विज्ञप्ति मार्फत जानकारी दिएका छन्।

सभापति देउवाले कोरोनाको जोखिमसंग लडिरहंदा अब बिवादका कुनै कुरा नल्याउन तपाईंलाई मेरो सुझाव छ, भनेर प्रधानमन्त्रीलाई थप सजग पनि गराएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.