कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ३६ पुग्यो

डिसी नेपाल
१२ वैशाख २०७७ १९:०१

कुवेत । कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ३६ पुगेको छ । शुक्रबार थप ५ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर ३६ पुगेको हो ।

कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ५ नेपालीसहित २ सय १५ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या २६ सय १४ पुगेको छ ।

तीमध्ये १५ जनाको ज्यान गएको छ, भने ६ सय १३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ६० जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *