झापाको दमक क्षेत्र प्रहरीको उच्च निगरानीमा
काठमाडौं । झापा दमका ६२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले त्यस क्षेत्रलाई सिल गर्ने तयारी गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनमा संक्रमण देखिए लगत्तै प्रहरीले दमक नगरपालिका वडा नं ३ लाई सिलबन्दीको तयारी गरेको हो ।
संक्रमित व्यक्ति हाल अस्पतालको आइसोलेसनमा उपचारत छन् । जिल्ला प्रहरी झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार गत मार्च १९मा दुवईबाट आएका एक युवकको परिवारमा स्वाब परीक्षण गर्दा उनका बाबुलाई कोरोना संक्रमण देखिएको हो ।
परीक्षणको रिपोर्ट भर्खरै आएका त्यस क्षेत्रलाई सिल गर्ने विषयमा छलफल भैरहेको बताए । ‘झापा जिल्लामा विदेशबाट आएका सबैको नागरिकको विवरण संकलन भएको छ उनीहरुलाई संक्रमण देखिए त्यस ठाउँमा सिलबन्दी गरेर अन्त फैलिन नदिन प्रयास हुनेछ, अहिले दमकमा हाम्रो टिम परिचालन भैसकेकको छ’, एसपी कोइरालाले भने । उनका अनुसार अहिल सो क्षेत्र उच्च निगरानीमा राखिएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षणमा झापाका एक ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए। उनको अवस्था सामान्य रहेको पनि उनले बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ।अहिलेसम्म पीसीआर प्रविधिबाट ९ हजार ४ सय ७ जनाको परीक्षण भएको छ। यस्तै आरडिटी विधिबाट ३८ हजार ८९ परिक्षण गरिएको छ। यससँगै कोरोना भाइरस परीक्षण गरिएको कुल संख्या ४७ हजार ४ सय ९६ पुगेको छ। १० जना निको भएर घर फर्किइसकेका छन्।







डिसी नेपाल








Facebook Comment