बेलायतका अस्पतालमा ड्रोनबाट औषधी र खाद्यान्न

डिसी नेपाल
१२ वैशाख २०७७ २३:०८

लण्डन । बेलायतमा सरकारले अब परीक्षणका रुपमा ड्रोनबाट यहाँका अस्पतालमा औषधी र खाद्यान्न पठाउने भएको छ। कोरोनाको संक्रमणले गर्दा सामाजिक दुरी कायम राख्नका लागि यो उपयुक्त हुने र अत्यावश्यक औषधी र खानेकुरा छिटो पु¥याउन पनि यसबाट मद्धत मिल्ने सरकारको तर्क छ।

सरकारका यातायातमन्त्री ग्रान्ट स्यापस्का अनुसार यो प्रविधिबाट द्रुत सेवा दिन सकिने र अत्यावश्यक वस्तु पु¥याउन मद्धत पुग्ने आशा व्यक्त गरेका छन्। प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङग स्ट्रिटमा कोरोना भाईरस बारेको दैनिक रुपमा जानकारी दिईने कार्यक्रममा आज यस्तो बताएका हुन्।

उनले यो योजना मार्फत अस्पतालहरूमा औषधी पु¥याउन आफूले सम्बन्धितलाई संकेत गरिसकेको साथै उनले यो परीक्षणका रुपमा आउँदो हप्ता लण्डनको सेण्ट म्यारी अस्पतालमा केही चिकित्सकीय उपकरणहरू पठाउने समेत जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *