काठमाडौँबाट उदयपुर जाँदै गरेको बस बर्दिबासमा दुर्घटना

डिसी नेपाल
१३ वैशाख २०७७ ६:५४

काठमाडौँ । कठामाडौँबाट यात्रु बोकेर उदयपुर जाँदै गरेको बस दुर्घटनामा परेको छ ।

काठमाडौँमा रहेका अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको नम्बर नखुलेको बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना हुँदा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको महोत्तरीका डिएसपी माधव प्रधाद बुढाथोकीले बताए ।

बुढाथोकीले डिसी नेपालसँग भने, बस दुर्घटना भएको हो, बसमा कति यात्रु थिए भन्नेबारे जानकारी लिँदै छौँ, सहचालकको च्याप्पिएर ज्यान गएको छ, एक जना यात्रु घाइते छन्।

प्रहरीका अनुसार उक्त बसमा रहेका अन्य यात्रुहरु सकुशल रहेका छन् ।

दुर्घटना बारे पूर्ण विवरण आउन बाँकी छ ।

यसअघि बैशाख १० गते पनि काठमाडौँबाट अलपत्र परेका यात्रु लिएर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थलीमा दुर्घटनामा परेको थियो । उक्त बस दुर्घटनामा २८ जना यात्रु घाईते भएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.