शनिवार कुवेतमा थप ६ जना नेपालीमा कोरोनाको पुष्टि, संक्रमित नेपालीको संख्या ४२ पुग्यो

डिसी नेपाल
१३ वैशाख २०७७ १७:३२

कुवेत । शनिबार कुवेतमा थप ६ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या बढेर ४२ पुगेको छ।

कुवेतको स्वास्थ्यले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ६ नेपालीसहित २ सय ७८ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या २८ सय ९२ पुगेको छ ।

तीमध्ये १९ जनाको ज्यान गएको छ, भने ६ सय ५६ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै ५८ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *