लकडाउन उल्लघंन गर्ने १३१५ जना नियन्त्रणमा

डिसी नेपाल
१४ वैशाख २०७७ २०:१३

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा लकडाउन उल्लघंन गर्ने ३ सय ५३ महिला सहित १३ सय १५ जनालाई प्रहरीलाई नियन्त्रणमा लिएको छ । आइतबार विहान ६ बजे देखि बेलुका ६ बजे सम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी ४ सय २९ वटा दुई पाङ्ग्रे र ३१ वटा चारपाङग्रे गरी ४ सय ५३ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाण्डौमा सबै भन्दा बढी ९ सय ६०, ललितपुरमा ३ सय २५ र भक्तपुरमा ३० जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी देश व्यापी रूपमा लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

लकडाउन एउटा व्यक्ति वा समुहको फाईदाको लागि गरिएको नभएर तपाई हाम्रो सम्पुर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन पनि सवैलाई उनले आग्रह गरे । साथै यस कार्यालय तथा स्थानिय निकायको समन्वयमा ९० जना विपन्न मजदुरहरूलाई राहत सामग्री वितरण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.