कर्मचारी बरखास्त गर्ने सामान्य प्रशासनमन्त्रीको चेतावनी
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले परिवर्तनलाई आत्मासात नगर्ने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पण्डितले आफ्नो क्षमतालाई राष्ट्र र जनताको हितमा उपयोग गर्न पनि कर्मचारीहरुलाई आग्रह गरे । उनले कर्मचारीहरुको क्षमता बढाउने काममा केन्द्रित हुन नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देशनसमेत दिए।
प्रतिष्ठानको ३६ औं वार्षिकोत्सव समारोहलाई बिहिबार सम्बोधन गर्दै मन्त्री पण्डितले इमान्दार भएर कार्य क्षेत्रमा खटिन पनि सबै कर्मचारीहरुलाई सचेत गराए ।
मन्त्री पण्डितले पाएको जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्न नसकेको भन्दै कर्मचारीहरुप्रति असन्तुष्टि पनि व्यक्त गरे । कार्यक्रममा मन्त्री पण्डितले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment