प्रधानमन्त्रीले नचाहेसम्म कुनै पनि बैठक बस्दैन : गोकुल बास्कोटा

डिसी नेपाल
१६ वैशाख २०७७ १५:१६

काठमाडौं। पूर्व संचारमन्त्री एवं नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटाले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले नचाहेसम्म कुनै पनि बैठक बस्न नसक्ने बताएका छन्।

पछिल्लो समय पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टीभित्र स्थायी कमिटीको बैठक बोलाउन दबाब परिरहेका बेला प्रधानमन्त्री ओली निकट मानिने बास्कोटाले ओलीले नचाहेसम्म पार्टीको कुनै पनि बैठक बस्न नसक्ने बतएका हुन्।

‘अहिले पार्टी भित्र कुनै विवाद छैन, जीवनन्त पार्टीमा छलफल हुनु सामान्य कुरा हो,’ बास्कोटाले डिसी नेपालसँग भने, ‘अहिले बैठक नै बोलाएर छलफल गर्नुपर्ने गरी के भएको छ र बैठक बोलाउनु?’

आवश्यकता अनुसार बैठक बस्ने भन्दै कसैले दवाब दिँदैमा बैठक बस्न नसक्ने उनले दाबी गरे। ‘म पनि केन्द्रीय सदस्य हो त्यसो हो भने स्थायी कमिटी होइन केन्द्रीय समितिको बैठक बोलाउन माग गर्छौं, किन स्थायी कमिटी त्यसो भए केन्द्रीय समितिको बैठक बोलाउँन,’ उनले भने।

उनले ओलीलाई हटाउँछु भनेर भनेर कसैले सपना नदेखे हुने चेतावनी दिए। ‘केपी ओली जननिर्वाचित प्रधानमन्त्री हो, महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो, केपी ओलीले नै चाहेर पार्टी एकता भएको हो,’ उनले भने, ‘अहिले पार्टीभित्र विवाद छ भनेर बजार तताउनुको कुनै तुक छैन।’  सरकारले गत सोमबार दुई वटा अध्यादेश जारी गरेपछि उत्पन्न भएको विवाद उत्कर्षमा पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *