चितवनकी महिलाको चौँथो कोरोना रिपोर्ट पनि पोजेटिभ
चितवन । कोभिड–१९ सङ्क्रमित पूर्वी चितवनकी महिलाको चौथो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ।
हेटौँडा प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलाको रिपोर्ट पुनः पोजेटिभ देखिएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।
कोरोना सङ्क्रमित महिला हाल भरतपुर अस्पतालको आइसोलेसन कक्षमा उपचाररत छिन्। उनीसँगै सङ्क्रमण देखिएका २७ वर्षीय युवक भने अस्पतालको क्वारेन्टाइन कक्षमा नै छन्।
वैशाख ३ गते गरिएको र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएपछि ४ गते भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा दुवै जनामा कोरोना पोजेटिभ देखिएको थियो।
त्यसपश्चात् वैशाख ५ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गर्दा पनि कोरोना पोजेटिभ देखिएको थियो।
उनीहरु चैत ३ गते बेलायतबाट हङकङ हुँदै चैत ५ गते चितवन आएका थिए। उपचाररत महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।







डिसी नेपाल







Facebook Comment