नेपालमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

डिसी नेपाल
२३ वैशाख २०७७ ८:०९

काठमाडौँ । नेपालमा थप ७ जना मानिसमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । आज नेपालगञ्जको भेरी अञ्चल अस्पतालमा भएको कोरोना परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सह-प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै भेरी अञ्चल अस्पतालमा भएको कोरोना परीक्षणका क्रममा २२, ३० र ४० वर्षका पुरुष र ९, ३२, ३४ र ५५ वर्षका महिलामा कोरोना पुष्टि भएको बताएका छन् ।

नयाँ फेला परेका कोरोना संक्रमितको अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। संक्रमितमध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.