काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ३९६ सवारी चालक कारबाहीमा: मापसे गर्ने ५३ फन्दामा

डिसी नेपाल
७ असोज २०८३ ७:२७

काठमाडौं।  काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ३९६ वटा सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा कारबाही गरेको छ। उपत्यकाका विभिन्न सडकखण्डमा सञ्चालन गरिएको नियमित तथा विशेष जाँचका क्रममा उनीहरू कारबाहीमा परेका हुन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने ५३ जना चालकहरू पक्राउ तथा कारबाहीमा परेका छन्।

त्यसैगरी, सिसिटिभी क्यामेराको निगरानीमार्फत नियम उल्लङ्घन गर्ने ४३ जना र रातोबत्ती मिचेर सवारी हुइँकाउने २१ जना चालकलाई समेत कारबाहीको दायरामा ल्याइएको छ।

प्रहरीका अनुसार तोकिएको गतिभन्दा तीव्र गतिमा सवारी चलाउने १९ जना, हर्न निषेधित क्षेत्रमा हर्न बजाउने ६ जना, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) ८ जना, सवारीको यान्त्रिक अवस्था ठिक नराखी चलाउने ३ जना र एकतर्फी (वन वे) सडकमा सवारी साधन चलाउने ३ जना चालक कारबाहीमा परेका छन्।

यसबाहेक अन्य विभिन्न ट्राफिक नियम उल्लंघन गर्ने २४० जना चालकहरूलाई पनि आवश्यक कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *