संघीय संसदका सांसदहरुको पीसीआर टेस्ट सुरु

डिसी नेपाल
२५ वैशाख २०७७ ११:१६

काठमाडौं। प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको कोरोना संक्रमण परीक्षण सुरु गरिएको छ। संसदको बजेट अधिवेशनको पूर्व संध्यामा सांसदहरुको कोरोना परीक्षण गरिएको हो। संघीय संसदको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ।

राष्ट्रियसभाका सांसदको परीक्षण १० बजे गरिएको थियो भने प्रतिनिधिसभाका सांसदको परीक्षण ११ बजे सुरु गरिएको थियो। संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सांसदहरुको कोरोना परीक्षण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *