आफ्ना नागरिकको अभद्र व्यवहारप्रति चिनियाँ दूतावासको आधिकारिक धारणा सार्वजनिक

डिसी नेपाल
२७ वैशाख २०७७ १०:२६

काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासले शुक्रबार सिंहदरबारअगाडि आफ्ना नागरिकले गरेको प्रदर्शनपछि आफ्ना नागरिकलाई नेपालको कानुनको पालना गर्न आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा भएको झडप र ठूलो संख्यामा चिनियाँ नागरिकको गिरफ्तारिपछि चिनियाँ दूतावासले एक विज्ञप्ति जारी गर्दै आफ्नो धारणा राखेको हो।

चिनियाँ नागरिकले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा आफ्नो सरकार पनि रहेको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। दूतावासले आफ्ना मागहरु राख्न कानुनी बाटो अपनाउन आग्रह गर्दै आफ्ना नागरिकका जायज मागबारे नेपाल सरकारले ध्यान दिने विश्वास लिएको जनाएको छ ।

दूतावासले नेपालमा चिनियाँ नागरिकको संख्या धेरै रहेकोले सबैलाई एकैपटक लैजान सम्भव नभएको भन्दै आफ्ना नागरिकलाई नहतारिन आग्रह गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *