सुदुरपश्चिम रोयल्सको कमब्याक जित
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदुरपश्चिम रोयल्सले उत्कृष्ट पुनरागमन गर्दै शानदार जित हात पारेको छ। पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदुरपश्चिमले रोमाञ्चक कमब्याक जित निकालेको हो।
पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रनको योगफल तयार पारेको थियो। पोखराका लागि अर्जुन साउदले अविजित रहँदै २५ बलमा सर्वाधिक ४० रन (४ चौका, १ छक्का) बनाए। त्यस्तै, मेहेदी हसनले ३२ र कुशल भुर्तेलले २१ रन जोडे। सुदुरपश्चिमको बलिङतर्फ अनिल खरेलले २ विकेट लिए भने हेमन्त धामी, स्कट कुगेलेइन र दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट हात पारे।
जवाफमा १४६ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम रोयल्सले कप्तान दीपेन्द्र सिंह ऐरीको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले १६.५ ओभरमै ४ विकेट गुमाएर लक्ष्य भेट्टायो। कप्तान दीपेन्द्रले २८ बलमा ४ चौका र २ छक्कासहित अविजित ५१ रनको आक्रामक पारी खेले।
त्यस्तै, इशान पाण्डेले २७, ब्रान्डन मक्मुलेनले २२ र सैफ जैबले १५ रन बनाए। पोखराका तर्फबाट बलिङ गर्दै धनञ्जय लक्षण, मेहेदी हसन र शाकिब अल हसनले समान १-१ विकेट लिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment